मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Saturday, 12 July, 2025
दीपक भट्ट रामेछाप
२o७९ बैशाख ३० शुक्रबार १o:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामेछापको खाँडादेवीमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १o:४४:oo

खाँडादेवी गाउँपालिका– १ राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। 

बिहान ७ बजे मतदान प्रक्रिया शुभारम्भ हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडम भएको थियो। दोहोरो झडपमा परी नेपाली कांग्रेसका एक कार्यकर्ता र माओवादीतर्फका एक कार्यकर्ता गरी दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। 

मतदानस्थलमा दोहोरो झडप भएपछि अहिले मतदान प्रक्रिया स्थगित गरिएको छ। मतदान पुनः सुचारु गराउन मतदान अधिकृतले उम्मेदवारहरूलाई राखेर छलफल गराइरहेको भए तापनि सहमति भने हुन सकेको छैन।