मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Friday, 11 July, 2025
२o७९ बैशाख ३० शुक्रबार o९:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लाको चंखेली मतदान केन्द्रमा झडप, प्रहरीले गोली चलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार o९:३७:oo

हुम्लाको चंखेली गाउँपालिका- २ को महादेव मावि मतदानस्थलमा झडप भएको छ। गठबन्धन र स्वतन्त्र पक्षबीच झडप हुँदा ३ जना घाइते भएका छन्। मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का स्थानीय लीला शाही घाइते भएका छन्। उनीहरूको स्थानीय प्राथमिक चौकीमा उपचार भइरहेको छ।

झपडले उग्र रूप लिएपछि सशस्त्र प्रहरीले ८ राउन्ड गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। मतदान केही बेर रोकिएको प्रजिअ परियारले बताइन्। मतदान केन्द्रमा थप सुरक्षाकर्मी खटाइएको छ।