१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Thursday, 03 July, 2025
२o७९ बैशाख ३० शुक्रबार o९:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा जित हारलाई स्वाभाविक रूपमा लिनुपर्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार o९:o८:oo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन परिणामलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्।  चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेपछि उनले निर्वाचनमा हुने हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने प्रतिक्रिया दिएका हुन्। 

उनले मतदातलाई आत्मविश्वासका साथ मतदान गर्न आग्रह गरे। ‘निर्वाचन परिणामलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ उनले भने, ‘विजयमा हौसिने र पराजयमा निराश हुँदा लोकतन्त्र बलियो हुँदैन।’

राजनीतिक स्थायित्व र विकासलाई लाग गठबन्धन भएको उनले बताए। मुलुक अप्ठ्यारो अवस्थामा परेकाले गठबन्धन गरिएको उनको भनाइ छ।