१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २७ मंगलबार
  • Wednesday, 03 July, 2024
तस्बिर : नेपाल–भारत सीमास्थित कञ्चनपुरको गड्डाचौकी क्षेत्र
मोहन विष्ट कञ्चनपुर
२o७९ बैशाख २७ मंगलबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

सीमानाका ७२ घण्टाका लागि बन्द हुने

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ बैशाख २७ मंगलबार १४:oo:oo

मंगलबार राति १२ बजेदेखि कञ्चनपुरको सीमानाका ७२ घण्टाका लागि बन्द हुने भएको छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कञ्चनपुरस्थित नेपाल–भारत सीमानाका बन्द गर्न लागिएको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निर्वाचन सुरक्षाका लागि २७ गते रातिदेखि ३० वैशाखमा मतदान नसकिँदासम्म नाका बन्द रहने बताए। प्रजिअ पाण्डेका अनुसार निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(झ) एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको २६ वैशाखको निर्णयअनुरूप मतदान कार्य सम्पन्न नभएसम्म कञ्चनपुरस्थित नेपाल–भारत सीमानाका बन्द हुनेछ।

‘स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नाका बन्द गरेका छौँ,’ प्रजिअ पाण्डेले भने, ‘यसबीचमा कुनै पनि व्यक्ति आवतजावत गर्न पाउँदैनन्।’

निर्वाचन सुरक्षाका लागि भारतसँग सीमा जोडिएका नाकासहित जिल्लामा झन्डै तीन हजारको संख्यामा सुरक्षाकर्मी परिचालन हुने प्रजिअ पाण्डेले बताए। निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था तयार भइसकेको छ। निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुभरि २४ घण्टा नै सुरक्षाकर्मी परिचालन गरिएका छन्। 
 

ad
ad
ad
ad