१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २६ सोमबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १२ अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार १५:५o:oo

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि भएको छ। आइतबार १७.९५ अंक बढेको नेप्सेको वृद्धिले सोमबार पनि निरन्तरता पाएको हो। सोमबार नेप्से १२.२७ अंक बढेर दुई हजार दुई सय ६८.८४ बिन्दुमा पुगेको छ। 

आज कारोबारमा आएका दुई सय २२ कम्पनीको ३३ लाख २४ हजार कित्ता सेयर एक अर्ब ३९ करोड ६ लाख सात हजार रुपैयाँबराबरमा कारोबार भएको छ। आइतबार एक अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये नाै उपसमूहको परिसूचक बढेको छ भने बाँकी चार उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा व्यापार उपसमूह सबैभन्दा बढी १.७४ प्रतिशत बढेको छ। लघुवित्त उपसमूहको परिसूचक १.३३ प्रतिशतले  वृद्धि भएको छ भने बैंकिङ, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जलविद्युत्, अन्य र वित्त उपसमूहको परिसूचक एक प्रतिशतभन्दा कमले बढेको छ।

सोमबार जाल्पा लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, महुली लघुवित्तको सेयरमूल्य ७.७७ प्रतिशत बढ्दा हिमालयन ऊर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्तको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

आज कारोबार रकमका आधारमा सात करोड ८३ लाख ५३ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ।  एनआइसी एसियाको पाँच करोड चारु लाख रुपैयाँको सेयर कारोबार भएको छ।

ad
ad
ad
ad