मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २६ सोमबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी लाइफले आइपिओ निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २६ सोमबार ०६:४८:००

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा गरी साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले पुँजी वृद्धिका लागि मर्जर तथा एक्विजिसनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ ।

 कम्पनीका अध्यक्ष मनोरञ्जन शर्माको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले विशेष साधारणसभा गर्नुको कारण पुँजी वृद्धि रहेको बताएका थिए । सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पुँजी पाँच अर्ब रुपैयाँ र जारी पुँजी तीन अर्ब रुपैयाँ हुने गरी पुँजी वृद्धि गर्ने प्रस्ताव ल्याएको थियो ।

यसका लागि सर्वसाधारणलाई ९० करोड रुपैयाँबराबरको सेयर निष्कासन गर्ने तथा मर्जर, एक्विजेसन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरिएको छ । बिमा समितिले चैत १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पु¥याउनुपर्ने निर्देशन दिइसकेपछि सञ्चालक समितिको निर्णयअनुसार पुँजी वृद्धि योजना पेस गरेको जनाइएको छ । 

पुँजी वृद्धि योजनाबमोजिम मर्जर र एक्विजिसनपछि चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पु¥याउने उद्देश्यले विशेष साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटी गठन गरेको जनाएको छ ।