१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २० मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २० मंगलबार o८:४१:oo
Read Time : < 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

कांग्रेसका बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २० मंगलबार o८:४१:oo

कांग्रेसले बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका दिएको छ । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने कांग्रेसले स्पष्ट पारेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएकालाई कांग्रेसले यस्तो मौका दिएको हो । यस्तो अवसर सदुपयोग गरे बागीका प्रस्तावक र समर्थकमाथिको कारबाही पनि रोकिने कांग्रेसले जनाएको छ । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले २१ वैशाखभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्न निर्देशन दिएका छन् । ‘वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक पुनर्विचार गर्नेछ,’ निर्देशनमा छ । 

कांग्रेसको विधान, २०१७ को धारा उपधारा ४ (१३) मा ‘कुनै पनि निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारका विरुद्ध उम्मेदवार भएमा वा त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावक/समर्थक भएमा पार्टी सदस्यता स्वतः निष्कासित हुने’ व्यवस्था रहेको छ । 

निर्वाचन आयोगले वैशाख १६ गते उम्मेदवारी फिर्ताका लागि समय दिएको थियो । यस अवधिमा कांग्रेसका ६२३ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको कांग्रेसले जनाएको छ । यससँगै कांग्रेसबाट ३०,६२८ जनाको उम्मेदवारी कायम छ ।