गणपूरक संख्या नपुगेपछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ । संसदीय समितिमा बैठकका लागि आवश्यक सांसद संख्याको कोरम नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
संसद् सचिवालयका अनुसार ११ः३० का लागि बोलाइएको बैठकमा आठजना सांसद मात्रै उपस्थित भए । मंगलबारको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको थियो ।
सांसदहरू आउने क्रम जारी रहेको हुन सक्ने आशामा बैठक केही समयलाई स्थगित गरिएको जनाइएको छ । हिजो पनि सत्तारूढ दलका सांसद नपुगेपछि अन्तिम समयमा बैठक स्थगित हुन पुगेको थियो ।