![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/congress.2022-02-16-07-17-40.jpeg)
प्रमुख सत्तारुढ दल कांग्रेसले सातै प्रदेशमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित आमसभा गर्ने भएको छ ।
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार आगामी २१ वैशाखदेखि २७ वैशाखसम्म आमसभा हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सबै सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्ने उनले जानकारी दिए ।
आमसभा हुने स्थान र मिति
मोरङ — २०७९ वैशाख २१ गते
धनुषा — २०७९ वैशाख २२ गते
काठमाडौं — २०७९ वैशाख २३ गते
कास्की — २०७९ वैशाख २४ गते
रुपन्देही — २०७९ वैशाख २५ गते
सुर्खेत — २०७९ वैशाख २६ गते
कैलाली — २०७९ वैशाख २७ गते