मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १४ बुधबार
  • Wednesday, 18 December, 2024
ससुरा बलबहादुर थारु र बुहारी लक्ष्मीकुमारी चौधरी
२o७९ बैशाख १४ बुधबार १o:२३:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

स्थानीय तह निर्वाचन : ससुरा माओवादीका उम्मेदवार, बुहारी कांग्रेसकी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १४ बुधबार १o:२३:oo

स्थानीय निर्वाचनमा बर्दिया जिल्लामा एकै घरका विभिन्न पदमा उम्मेदवारी परेको छ ।  बर्दियाको गेरुवा गाउँपालिकामा एकैघरका ससुरा र बुहारी फरक–फरक पार्टीबाट उम्मेदवार बनेका छन् । गेरुवा गाउँपालिका– ३ का बलबहादुर थारू नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उमेदवार भएका छन् भने उनकी बुहारी लक्ष्मीकुमारी चौधरी नेपाली कांग्रेसको तर्फबाट पालिकाको उपाध्यक्षमा उम्मेदवार भएकी छिन् । ०७४ को स्थानीय निर्वाचनमा पनि वडाध्यक्षको उम्मेदवार रहेका थारू दुई मतले पराजित भएका थिए ।

राजापुर नगरपालिकाको प्रमुख पदका श्रीमान राममणी उपाध्याय र उपप्रमुख पदकी  श्रीमती सम्झना उपाध्याय

यता राजापुर नगरपालिकामा पनि एउटै परिवारका दुईजना प्रमुख र उपप्रमुख पदमा उम्मेदवार बनेका छन् । राजापुर नगरपालिकाको प्रमुख पदका लागि श्रीमान् राममणि उपाध्याय र उपप्रमुख पदका लागि श्रीमती सम्झना उपाध्यायले उम्मेदवारी दिएका छन् । उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन्।

ठूला दलले नै दिएनन् प्रमुखमा महिला उम्मेदवार 
जिल्लाका आठवटा पालिकामा तीन ठूला दलका तर्फबाट मेयर–अध्यक्ष पदमा महिलाको उम्मेदवार नै दिएनन् । जिल्लाका बाँसगढी, मधुवन, बारबर्दिया, गुलरिया, ठाकुरबाबा र राजापुर नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा ठूला दलले प्रमुख पदमा महिला उम्मेदवार बनाएन् । ठूला दल सबैले महिलालाई उपप्रमुखमा सीमित गरेका छन् ।

केही साना दलका तर्फबाट प्रमुखमा महिला उम्मेदवार
ठूला दलले मेयर–अध्यक्ष पदमा महिला उम्मेदवार नबनाए पनि केही साना दलले भने महिला उम्मेदवार बनाएका छन् । बारबर्दिया नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाट मञ्जु चौधरी, बढैयाताल गाउँपालिकामा नेकपा एकीकृत समाजवादीबाट कौशिलासिंह ठकुरी र मधुवन नगरपालिकामा जनता समाजवादी पार्टीबाट निता सिंहलाई मेयर–अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।  केही स्वतन्त्र उम्मेदवारमा महिला छन् ।  बर्दिया जिल्लाको कुल मतदाता संख्या तीन लाख ११ हजार चार सय १० जना रहेको छ ।