Skip This
पोखरामा एमालेले फेर्‍यो मेयरको उम्मेदवार, पौडेलको टिकट खोसेर थापालाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Sunday, 07 July, 2024
२o७९ बैशाख १२ सोमबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

पोखरामा एमालेले फेर्‍यो मेयरको उम्मेदवार, पौडेलको टिकट खोसेर थापालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १o:२८:oo

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार फेरेको छ । यसअघि मेयर उम्मेदवार सिफारिस दीपक पौडेलको ठाउँमा प्रदेश सांसद कृष्ण थापालाई टिकट दिने एमालेले निर्णय गरेको हो । 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्णयमा हावी हुँदै पौडललाई उम्मेदवार बनाइएको भन्दै एमाले संगठन विभाग प्रमुख रहेका नेता खगराज अधिकारी पक्ष पोखरामा असन्तुष्ट थियो । 

पौडेल उम्मेदवारी दर्ताअघि नै विवादित बनेपछि एमाले अध्यक्ष केपी ओलीले आइतबार साँझ उम्मेदवार परिवर्तन गर्न परामर्श गरेका एमाले नेताहरूले जानकारी दिए । पार्टी नेतृत्वले मेयर उम्मेदवार कृष्ण थापालाई दिएको एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए ।

एमालेले टिकट दिएका थापा गण्डकी प्रदेशका सांसद हुन् भने ०५४ को निर्वाचनबाट पोखराका निर्वाचित मेयर हुन् । यसअगाडि एमालेले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरेको थियो । त्यसलाई उल्ट्याउँदै एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णबाट पछि हट्दै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
 

ad
ad
ad
ad