मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ११ आइतबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवनमा एमालेले टुंग्यायो पालिका प्रमुखका उम्मेदवार, माडी र भरतपुरमा राप्रपासँग तालमेल हुने 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ११ आइतबार १३:१३:००

नेकपा एमालेले चितवनका सातै पालिका प्रमुखका उम्मेदवार टुंग्याएको छ । माडी नगरपालिका र भरतपुर महानगरपालिकामा राप्रपासँग तालमेल गर्ने भएपछि एमालेले उपमेयरको उम्मेदवार भने टुंग्याउन सकेको छैन । अन्य पाँच पालिकामा भने एमालेले उपमेयरको उम्मेदवार पनि टुंग्याइसकेको छ । 

राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा मेनका पाठक उम्मेदवार बन्ने भएका छन् । खैरहनीमा यसअघिकै मेयर लालमणि चौधरी दोहोरिने भएका छन् भने उपमेयरमा कविता उप्रेती उपमेयर उठ्ने पक्का भएको छ । रत्ननगरको मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठक उठ्ने भएका छन् । दुवाडी यसअघि उपमेयर थिइन् । कालिकाको मेयरको उम्मेदवारमा विनोद रेग्मी र उपमेयरमा विमला लामा चयन भएका छन् । 

यसैगरी एमालेले माडीको प्रमुखमा ताराकाजीकुमारी महतो, इच्छाकामनाको प्रमुखमा दानबहादुर गुरुङ र उपप्रमुख माया सिलवाललाई उठाउने भएकाे छ । एमालले भरतपुरको मेयरमा यसअघि नै विजय सुवेदीको नाम टुंग्याएको थियो ।