मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख १० शनिबार
  • Monday, 14 July, 2025
समाचार डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकाका ३६ जनप्रतिनिधिले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १० शनिबार १२:o८:oo

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न हेटौँडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्। हेटौँडाका नौजना वडाध्यक्षसहित ३६ निर्वाचित जनप्रतिनिधिले शुक्रबार राजीनामा दिएका हुन्।

राजीनामा दिने वडाध्यक्षहरूमा हेटौँडा– २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नवीन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ र १९ नम्बर वडाका नरनाथ सुवेदी रहेका छन्। यसैगरी, हेटौँडा उपमहानगरकै विभिन्न वडाका २७ सदस्यहरू पनि शुक्रबार नै राजीनामा दिएका छन्।