१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेको चुनावी घोषणापत्र : माध्यमिक शिक्षा निःशुल्क, प्रत्येक पालिकामा कम्तीमा एउटा औद्योगिक ग्राम (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:४९:oo

एमालेले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसर पारेर ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

एमाले नेतृत्वको केन्द्रीय सरकार तथा पालिकाहरूले गरेका कामहरू उल्लेख गरिएको घोषणापत्रमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथ स्थान दिइएको छ। एमालेले पालिकाहरूलाई पूर्ण साक्षर घोषणा गर्नेदेखि आधारभूत स्वास्थ्य सेवा र जटिल रोगको उपचार निःशुल्क गर्नेसम्मका योजना घोषणापत्रमा उल्लेख गरेको छ।

एमालेले प्रत्येक पालिकामा कम्तीमा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, माध्यमिक शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य बनाउने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्नेलगायतका घोषणा गरेको छ।

यसैगरी, सबैभन्दा योग्य व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्ने, पालिकाहरूमा खाद्य बैंकको स्थापना गर्ने, ४० माइक्रोनभन्दा मुनिको प्लास्टिक प्रयोग पूर्ण रूपमा निषेध गर्ने तथा प्रत्येक पालिकामा कम्तीमा एउटा औद्योगिक ग्राम र प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्याेगिक क्षेत्र स्थापना गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ।

यस्तो छ घोषणापत्र :

 

ad
ad