१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ९ शुक्रबार o६:३५:oo
Read Time : < 1 मिनेट
अर्थ

प्रडक्ट लन्चिङ र इन्नोभेसनमा क्यान इन्फोटेकका अवलोकनकर्ता आकर्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार o६:३५:oo

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्युआरमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रडक्ट लन्चिङ र तथा इन्नोभेसन खण्डमा अवलोकनकर्ता आकर्षित भएका छन् । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी देशभित्र र बाहिरका व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु भएको छ । 

बिहीबार विभिन्न कम्पनीका सफ्टवेयर तथा कम्प्युटरसम्बन्धी उपकरणहरू बजारमा पहिलोपटक सुरुवात गरिएका स्थानहरूमा अवलोकनकर्ताको भिड रहेको आयोजक क्यान महासंघको भनाइ छ । यसैगरी, अवलोकनकर्तालाई लक्षित गरी छुट र अफरको घोषणा गरेका फिन्टेक कम्पनी, इमर्जिङ टेक्नोलोजी, वाइफाई तथा इन्टरनेट सेवाप्रदायकहरूको स्टलमा पनि अवलोकनकर्ता आकर्षित भएका थिए ।  

त्यस्तै, स्टार्टअप र इन्नोभेसन खण्डमा रहेका २६ वटा स्टलमा पनि अवलोकनकर्ताको चासो उल्लेखनीय रहेको जनाइएको छ । इन्नोभेसनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य तथा स्टार्टअपका निम्ति सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको थियो । 

सोमबारसम्म जारी रहने इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पेले गरेको छ भने सहप्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ । प्लाटिनम प्रायोजक वल्र्डलिंक कम्युनिकेसन, डायमन्ड प्रायोजक डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ हाउस लिमिटेड रहेको जनाइएको छ । आयोजकका अनुसार सिल्भर प्रायोजकमा नमस्ते पे, डिजिकम, एसपावर बिपिई, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका छन् । 

त्यस्तै, इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनर सनवे कलेज, लजिस्टिक पार्टनर एक्स–ल्याब इकमर्स पार्टनर सोचेको डटकम र डिजिटल डिस्प्ले पार्टनर अल्ट्रा एलइडी रहेका छन् । प्रदर्शनीको अफिसियल बैंकका रूपमा ग्लोबल आइएमई बैंक र अफिसियल इन्स्योरेन्सका रूपमा आइएमई जनरल इन्स्योरेन्स रहेका छन् ।