मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३ शनिबार
  • Thursday, 19 December, 2024
एजेन्सी इस्लामावाद
२o७९ बैशाख ३ शनिबार २१:५१:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानी सेनाले भन्यो- खान सरकारविरुद्ध हाम्रो भूमिका थिएन

Read Time : > 1 मिनेट
एजेन्सी इस्लामावाद
नयाँ पत्रिका इस्लामावाद
२o७९ बैशाख ३ शनिबार २१:५१:oo

पाकिस्तानमा तेहरिक ए इन्साफ पार्टी नेता इमरान खान नेतृत्वको सरकारले संसदबाट विश्वास गुमाउनुमा सेना तथा विदेशी संलग्नता नभएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको इनटर सर्भिस पब्लिक रिलेसन्सले विदेशी शक्तिले पाकिस्तानविरोधी गर्ने कुनै पनि षड्यन्त्रलाई पाकिस्तानी सेनाले परास्त गर्नेसमेत चेतावनी दिएको छ । 

खान सरकारले विश्वास गुमाउनुभन्दा अघि पाकिस्तानको सुरक्षा परिषद् बैठकमा अमेरिकाबाट सरकारविरुद्ध आएको भनिएको धम्कीपूर्ण चिठीबारे छलफल भए पनि संसदीय प्रक्रियामा सेनाको संलग्नता नभएको सेनाको टिप्पणी छ । 

इन्टर सर्भिस पब्लिक रिलेसन्सका महानिर्देशक बाबर इफ्तिकरले अमेरिकी चिठीबारे पाकिस्तानको गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई)ले अनुसन्धान गरेको समेत उल्लेख गरेका छन् । जिओ टेलिभिजनका अनुसार महानिर्देशक बाबरले त्यसबारे थप बताउन चाहेनन् ।

उनले संसदमा अविश्वासको प्रस्तावको पछाडि सेनाको संलग्नताको पनि अस्वीकार गरे । उनले राजनीतिक दल र सम्बद्ध पक्षसँग सेनालाई राजनीतिक विवादमा तनान्नसमेत आग्रह गरे । खानले राजनीतिक प्रक्रियामा सेनालाई हस्तक्षेपका लागि प्रधानसेनापतिसँग अनुरोध गरेको र प्रधानसेनापतिले राजनीतिक विकल्पका विषयमा सल्लाह दिएको पनि उनको भनाइ थियो । ‘तीनवटा विकल्पमा कुराकानी भएको थियो । पहिलो, प्रधानमन्त्रीको राजीनामा, दोस्रो अविश्वासको प्रस्तावको प्रक्रियाबाट निर्णय र तेस्रो विपक्षीहरुद्वारा अविश्वासको प्रस्ताव फिर्ता होस् र संसद भंग गरेर नयाँ निर्वाचनको मिति तोकियोस्’ सेनाले भनेको छ, ‘तर, ताजा चुनावका लागि प्रधानमन्त्री सहमत भए, उनले विपक्षीहरूसँग कुराकानी गरिदिन सेनाप्रमुखसँग आग्रह गरे ।’ 

तर, विपक्षी यसमा सहमत नभएको उनको भनाइ थियो । पाकिस्तानभित्र सेनाप्रमुख क्वामर जाभेद बाजवाको पदावधि सकिन लाग्दा उनले आफ्नो तेस्रो कार्यकालका लागि राजनीतिक अन्याेलको परिस्थिति निर्माण गरेको आरोप लागेको छ । तर, सेनाले यसलाई अस्वीकार गरेको छ । महानिर्देशक बाबरले सेनाप्रमुख आगमी २९ नोभेमबरमा अवकाशमा जान तयार भएको र उनले कार्यकाल थपका लागि कुनै पनि प्रयास नगरेको मात्र नभएर उनी कार्यकाल थपको प्रस्ताव स्वीकार गर्न पनि तयार नभएको स्पष्ट पारेका छन् ।