मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३ शनिबार
  • Wednesday, 18 December, 2024
श्रवण थापा सर्लाही
२o७९ बैशाख ३ शनिबार १८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन सरकार विकास विरोधी भएको अध्यक्ष ओलीको आरोप 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७९ बैशाख ३ शनिबार १८:४३:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार विकासविरोधी रहेको आरोप लगाएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । 

सम्बाेधनका क्रममा अध्यक्ष वलीले गठबन्धन सरकारलाई विकास नचाहिएको बताए । ‘अहिलेको गठबन्धन सरकारलाई सडक चाहिएको छैन । योजना चाहिएको छैन,’ उनले भने, ‘उनीहरू जनताको सुविधाका लागि हामीले ल्याएका योजना कटौती गरिरहेका छन् । ठेकेदारलाई काम लगाएको पैसा दिइरहेका छैनन् ।’ 

मधेसका जनताको नागरिकतासम्बन्धी ठूलो समस्या समाधानमा मधेसका मसिहा भनिने पार्टिले ध्यान नदिएको ओलीको आरोप छ । ‘मधेसका जनताले भोगिरहेको नागरिकतासम्बन्धी समस्या समाधानमा मधेसका मसिहा भन्नेहरू के भनिरहेका छन् ?’ उनले प्रश्न गरे, ‘के हेरेर बसिरहेका छन् । नागरिकतासम्बन्धी अध्यादेश कहाँ पुग्यो ? यसको विरोध गर्ने गठबन्धन सरकारमा लाज पचायर बसिरहने हो । सरकार छोडेर हिँड्नुपर्दैन ।’ अध्यक्ष ओलीले मधेसमा नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यसपटकको चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने दाबीसमेत गरे । 

सम्बोधनको क्रममा अध्यक्ष ओलीले जिल्लाको बागमती नगरपालिकामा निर्मित भरत तालको प्रशंसासमेत गरे । निर्माण भइरहेको तालले यस क्षेत्रको पर्यटन विकासमा ठूलो योगदान पुगेको, स्थानीय स्वरोजगार भएको भन्दै उक्त तालको परिकल्पना गर्ने जनप्रतिनिधिलाई धन्यवादसमेत दिए ।