Skip This
फोहाेर वर्गीकरण नगरे महानगरले पाँच सय जरिवाना गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Saturday, 27 July, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २ शुक्रबार १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फोहाेर वर्गीकरण नगरे महानगरले पाँच सय जरिवाना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १५:५o:oo

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहाेर छुट्टाछुट्टै  वर्गीकरण गर्न  आग्रह गरेको छ।  वर्गीकरण नगरिएका फोहाेर गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर  कारबाहीस्वरूप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ।

महानगरका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहाेर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहाेर लिने गाडी पनि फरक–फरक दिन आउने भएकाले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ। आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहाेरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरले जनाएको छ।

पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहाेर व्यवस्थापन कार्य जटिल बन्दै आएको र  नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले अवरोध गर्दा गत फागुन महिनामा १९ र चैतमा १२ दिन उपत्यकाको फोहाेर सडकमा नै थुप्रिएको थियो। रासस