मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख १ बिहीबार o६:३२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वसन्त आरोहण : ७४ आरोही समूहलाई अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १ बिहीबार o६:३२:oo

सन् २०२२ को वसन्तयामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४ आरोहण दलका ६ सय सात आरोहीलाई अनुमति जारी भएको छ ।

सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न १९ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतिर निस्किएका हुन् । सगरमाथा (८८४८.८६ मिटर) आरोहणका लागि मात्रै २८ समूहका ५० आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमादब्लम (६८१४ मिटर) र कञ्चनजंघा (८५८६ मिटर) आरोहणका लागि समाज ६ समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण (८०९१ मिटर) र नुप्सेका लागि समान चार समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) आरोहणका लागि दुई, धौलागिरि (८१६७ मिटर) आरोहणका लागि दुई, ल्होत्से (८५१६ मिटर) मा एक आरोही समूहले आरोहण अनुमति लिएका छन् । त्यसैगरी मिलुङचुलीका लागि दुई, भेम्दोङ, गंगापूर्ण र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।