१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २९ मंगलबार १८:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिनाकारण गभर्नरलाई निलम्बन गरेर सरकार गैरजिम्मेवार भएको नेता कोइरालाको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार १८:o१:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गरेर सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा नेपाल राष्ट्र बैंकले छानबिन गर्न पाउने उल्लेख गरे। अर्थ मन्त्रालयले गरेका गलत कामहरू राष्ट्र बैंकले रोक्ने काम गरिरहेको भन्दै उनले अधिकांश लोकतान्त्रिक देशहरूमा अर्थमन्त्री र गभर्नरबीच तालमेल नमिल्ने जिकिर गरे। विदेशी सञ्चिति कम भइरहेको वेलामा विलासिताको सामान आयात गर्नुहुँदैन भन्दा गभर्नरमाथि कारबाहीस्वरूप निलम्बन गरिनु गैरजिम्मेवारी भएको उनले टिप्पणी गरे।

‘तालमेल मिलेन रे, राष्ट्र बैंकको गभर्नरसँग कुरा मिलेन रे भनेर निलम्बन गर्नु एकदम गैरजिम्मेवार हो भन्ने मलाई लाग्छ। त्यति मात्रै होइन ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँछ, त्यसको छानबिन रोकिएको हुन्छ। त्यसको छानबिन गर्ने निकाय राष्ट्र बैंक हो कि होइन ? राष्ट्र बैंकले त अर्डर गर्छ नि। विश्वमा जहाँ, जुन पनि डेमोक्रेटिक देशमा राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्रीको बीचमा खटपट चलिरहेको हुन्छ,’ उनले भने, ‘उहाँ (गभर्नर)का कमीकमजोरीहरू होलान् तर अर्थतन्त्र ओरालो लागिरहेका वेला गभर्नरलाई बिनाकारण निलम्बन गर्नु सरासर गैरजिम्मेवारपन हो।’