१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ चैत २९ मंगलबार o६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एकै ओभरमा ६ विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार o६:४४:oo

क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार सुनेका छौँ । तर, ६ बलमै ६ विकेटको सफलता दुर्लभ नै मानिन्छ । एक बलरले यस्तो कीर्तिमानी प्रदर्शन विरलै गर्छन् । भैरहवामा सञ्चालन भइरहेको सेन वार्न स्मृतिअन्तर्गत प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा सोमबार मलेसिया ११ का वीरन्दीप सिंहले यस्तै असम्भव प्रदर्शन गरेका छन् । मलेसिया ११ ले भारतको पुस स्पोर्टस् दिल्लीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा वीरन्दीपले इनिङ्सको अन्तिम ओभरमा ६ बलमा ६ विकेटको प्रदर्शन गरेका हुन् । 

उनले सो ओभरमा ह्याट्रिकसहित पाँच विकेट लिए । एक खेलाडी रन आउट हुँदा वीरन्दीपले दोहोरो ह्याट्रिक गर्न पाएनन् । उनले केवल दुई ओभर मात्र बलिङ गर्दै ९ रन खर्चेर ५ विकेट लिए । उनले १९.१ ओभरमा एसक पाठकलाई अहमेद फैजबाट क्याच आउट गराए । १९.२ ओभरमा दिल्लीका इशान पाण्डे रनआउट भए । १९.३ ओभरमा वीरन्दीपले अनिन्डो नहारायलाई बोल्ड गरे ।

१९.४ ओभरमा उनले विशेष सारोहालाई बोल्ड गरे । १९.५ ओभरमा उनले सिंघानलाई कट एन्ड बोल्ड गर्दै ह्याट्रिक पूरा गरे । १९.६ ओभरमा उनले स्पर्शलाई बोल्ड गर्दै लगातार चार विकेट लिए । यो खेल आइसिसी मान्यता प्राप्त भने होइन । तर, नेपालको घरेलु क्रिकेट प्रतियोगितामा वीरन्दीपको नाममा एक फरक इतिहास रेकर्ड बनेको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले १९औँ ओभरअघिसम्म तीन विकेट गुमाएको थियो । एकै ओभरमा ६ विकेट गुमाएको दिल्लीले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३२ रन जोड्यो । मलेसियाले १५ बलअघि तीन विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो । 

ad
ad
ad
ad