त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट प्रहरीले तनहुँकी २७ वर्षीया सोविता नेपालीलाई पक्राउ गरेको हो।
प्रहरी चेकिङका क्रममा उनले बोकेको हातेब्यागबाट एक थान गोली बरामद भएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकी महिला नेपाल एयरलाइन्सको उडानमार्फत क्वालालम्पुर हुँदै जापान जान लागेकी थिइन्। पक्राउ परेकी उनलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ।