१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १४:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकार आर्थिक समस्या समाधानमा नभई स्वार्थसिद्धिमा केन्द्रित भयो : पूर्वअर्थमन्त्री खतिवडा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१९:oo

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता डा. युवराज खतिवडाले सरकार अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नमा ध्यान नदिएर आफ्नो स्वार्थसिद्धिमा लागेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. खतिवडाले सरकारलाई यस्तो आरोप लगाएका हुन् । ‘सरकारको ध्यान आर्थिक समस्या हल गर्नेभन्दा पनि आफ्नो स्वार्थसिद्धितर्फ केन्द्रित भएको देखिन्छ,’ डा. खतिवडाले भने, ‘सरकारका मन्त्रीहरू विवादास्पद अभिव्यक्ति दिँदै हिँड्ने, कमाउधन्दामा लिप्त हुने, स्वार्थ नमिल्ने कर्मचारीमाथि जाइलाग्ने, ठेक्कापट्टामा सेटिङ गर्ने र सरकारी निकायहरूको बीचमा सामान्य समन्वय पनि नगर्ने हर्कतका कारणले अर्थतन्त्र यो स्थितिमा आइपुगेको हो ।’

गठबन्धनको सरकार गठन भएदेखि नै अर्थतन्त्रमा गडबडीहरू सुरु भएको उनको भनाइ छ । खासगरी नेकपा एमालेको सरकारले ल्याएको लोकप्रिय बजेटलाई आफ्नो निहित स्वार्थअनुकूल परिवर्तन गर्ने दुराशय सरकारले राखेको उनले बताए । सरकारले राखेको दुराशयका कारण  इतिहासमै पहिलोचोटि राज्य बजेटविहीन अवस्थामा पुगेको उनको तर्क छ । ‘प्रतिस्थापन विधेयकबाट ल्याएको बजेटले नेकपा एमालेको लोकप्रिय बजेटलाई विद्रुप पार्दाखेरि केही विकृतिहरू आए,’ उनले भने । 

अर्थतन्त्र संकटोन्मुख हुँदै जाँदा पनि अर्थ मन्त्रालयको तर्फबाट लिनुपर्ने पहलकदमी नलिँदा राष्ट्र बैंकले ढिलै भए पनि पहलकदमी लिँदा अर्थ मन्त्रालयको असफलताको दोष अघिल्लो सरकार र राष्ट्र बैंकको गभर्नरमाथि पोख्ने काम भएको उनको भनाइ छ ।    
 

ad
ad