१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

भरतपुरमा पहिलोपटक साइक्लिङ म्याराथन हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२४:oo

भरतपुर महानगरपालिकालाई साइकल सिटीको रूपमा विकास गर्ने उद्देश्यले साइक्लिङ म्याराथन हुने भएको छ। प्रज्ञा स्मृति प्रतिष्ठान र बागमती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा ‘प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन–२०७८’ आज शुक्रबार हुन लागेको हो। प्रतियोगितामा नेपाल साइक्लिङ संघले प्राविधिक सहयोग गरेको छ।

नारायणी किनारबाट सुरु हुने म्याराथन भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडक हुँदै पुनः नारायणी किनार पुगेर समापन हुनेछ। जसको दूरी ६५ किलोमिटर रहेको र प्रतियोगीले दुई घन्टामा उक्त दुरी पूरा गर्ने प्रतियोगिताका संयोजक सन्तकुमार दरैले बताए । उनका अनुसार साइकल प्रयोगमा धेरै मानिसलाई प्रोत्साहन गर्ने, चितवनमा सडक साइक्लिङ खेलका लागि प्रतिभा पहिचान गर्ने, युवाहरूलाई साइकल खेलमा प्रोत्साहित गर्ने, सहरको वातावरण र स्वास्थ्य सुधार गर्ने, इन्धनको खपत न्यूनीकरण गर्ने, राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचानका साथै अन्तर्राष्ट्रिय खेलमा सहभागी गर्न र क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।

चितवन भौगोलिक हिसाबले साइकलका लागि उपयुक्त जिल्ला भएको बताउँदै प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खेल पर्यटन विकासका लागि पनि यो प्रतियोगिता महात्वपूर्ण हुने बताइन्। साइकल सिटीको रूपमा भरतपुरलाई विकास गर्ने गरी नगरभित्रको विकासको क्रममा साइकल लेनलाई प्राथमिकता दिएकोसमेत उनले बताइन्।

प्रज्ञा स्मृति प्रतिष्ठान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरी ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना गरिएको संस्था हो। ज्ञानु दाहालको क्यान्सरको कारण ०७० मा मृत्यु भएको थियो भने प्रकाश दाहालको ०७४ मा अल्पायुमा निधन भएको थियो। शोकलाई शक्तिमा बदल्दै सेवाभावले अघि बढ्ने उद्देश्यले यो संस्था स्थापना गरिएको संस्थाकी अध्यक्ष रेनु दाहालले बताइन्। कमजोर वर्ग, असहाय व्यक्ति र पिछडिएको समुदायलाई सक्षम बनाउन र उनीहरूको प्रतिष्ठा बढाउने गरी खेलकुद, स्वास्थ्य र शिक्षामा काम गर्ने उद्देश्यले संस्था स्थापना गरिएको उनले बताइन्।

पाँच विधामा पुरस्कार
म्याराथनमा पाँच विधामा प्रतिस्पर्धा हुनेछ। इलिट मेन १९ प्लस, इलिट विमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रान्ड मास्टर मेन ग्रन्ड ५० प्लस र चितवन विशेषअन्तर्गत चितवन जिल्लाका मात्र महिला तथा पुरुषको सहभागिता रहनेछ।

प्रतियोगिताका विजेता खेलाडीले मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार पाउनेछन्। जसअन्तर्गत इलाइट महिला तथा पुरुष दुवैतर्फमा प्रथम हुनेले ४५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौँले २० हजार, छैटाैँले १५ हजार, सातौँले १० हजार, आठौँले आठ हजार, नवौँले सात हजार र दशौँले पाँच हजार प्राप्त गर्नेछन्।

यस्तै, पुरुष मास्टरतर्फ ३० वर्षभन्दा माथिका व्यक्तिले सहभागिता जनाउनेछन्। जसको पुरस्कार राशि प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १५ हजार पाउनेछन्। मास्टर मेन ग्रन्ड ५० प्लसतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रोलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ।  चितवन विशेषअन्तर्गत महिला र पुरुष दुवैतर्फ प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रोलाई १० हजार प्रदान गरिनेछ। प्रतियोगिता उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्नेछन्।

ad
ad