Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ चैत २३ बुधबार १९:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिने

Read Time : < 1 मिनेट
२०७८ चैत २३ बुधबार १९:५७:००

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले  एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । पालिकाको मंगलबार बसेको बैठकले फागुन महिनादेखि  लागू हुने गरी सम्मानस्वरूप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । 

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले  पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ताबापत मासिक रूपमा पाँच सय उपलब्ध गराउने बताए ।  स्थायी रूपमा बसोबास गर्ने  पेन्सन भएका एकल पुरुषलाई भने यो सेवा उपलब्ध हुने छैन । गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ जना एकल पुरुष रहेका छन् ।