मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २३ बुधबार
  • Friday, 10 January, 2025
२o७८ चैत २३ बुधबार १८:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धेरै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार बनाउने विचार छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २३ बुधबार १८:३o:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै ठाउँको पालिका प्रमुख महिला बनाउने विचारमा रहेको बताएका छन्। बुधबार चितवनमा सुकुमबासीलाई लालपुर्जा वितरण गर्दै उनले  महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने भन्दै यस्तो बताएका हुन्। ‘तुलनात्मक रूपमा के देखिएको छ भने –महिलाले अग्रसरता लिएको ठाउँमा सफलता, इमान्दारिता, सुशासन बढी देखिएको छ,’ प्रचण्डले भने – ‘त्यसकारण म के चाहन्छु भने महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयरको उम्मेदवार बनाउने विचार छ। 

महिलालाई धेरै अधिकार दिएर हेरौँ भन्ने इच्छा रहेको उनले बताए। ‘केही बिग्रँदैन कयौँ वर्षदेखि पुरुषले राज गरेर आएका छौँ केही वर्ष महिला राज हेरौँ न त,’ प्रचण्डले भने। 

महिलाहरूले चाहे भने धेरै गर्न सक्छन् भन्ने अहिले नेपाल सरकारको मन्त्रीमा हुनुभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालबाट देखिएको भन्दै उनले प्रशंसासमेत गरे। 


भरतपुर महानगरपालिकामा पनि मेयर र उपमेयर महिला भएको भन्दै प्रचण्डले  सामूहिक विवेकको प्रयोग गरेर विकासको लहर सृष्टि भएको बताए। उनले फरक प्रसंगमा पहिलो स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिका प्रमुखको रूपमा रेणु दाहाल आउँदा सबैले प्रचण्डको छोरी आयो भन्ने गरे पनि अघि आफू रेणुको बुवा भनेर चिनिने गरेको बताए। 

‘रेणुको आफ्नै त्याग तपस्या थियो। रोल्पा, रुकुमदेखि भूमिगत रूपमा जनयुद्धकालमा काम गरेको आफ्नै अनुभव थियो। तर २०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो। तर मलाई खुसी छ, अहिले आउँदा अब प्रचण्डको छोरी हैन, रेणुको बुवा प्रचण्ड भएको छ।’