१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १९ शनिबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १९ शनिबार o८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सुभाषलाई वेस्टर्न ओपन उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १९ शनिबार o८:१६:oo

१३औँ सागका दोहोरो स्वर्ण विजेता सुभाष तामाङले दोस्रो स्थानका जयराममाथि चार स्ट्रोकको अग्रता लिँदै उपाधि हात पारे

एमेच्योर खेलाडी सुभाष तामाङले शुक्रबार सूर्य नेपाल वेस्टर्न अ‍ोपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौँ इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई चार स्ट्रोकले पछि पार्दै सुभाषले पहिलोपटक सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् । १३औँ दक्षिण एसियाली खेलकुद प्रयोगिताका दोहोरो स्वर्ण विजेतासमेत रहेका सुभाषले लगातार तीन दिन अग्रता रक्षा गर्दै उपाधि हात पारेका हुन् । 

हिमालयन गल्फ कोर्स पोखरामा सुभाषले करिअरको दोस्रो टुर इभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर गरेका थिए । यसअघि उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । उनले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले ।

उपविजेता जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २ सय ८ स्कोर बनाए । उनले व्यावसायिक खेलाडीतर्फ भने पहिलो हुँदै एक लाख ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका धनबहादुर थापा, निरज तामाङ र रामे मगरले ७ ओभर २ सय ११ स्कोरसहित जनही ६८ हजार ८ सय ३३ रुपैयाँ पाए ।

स्थानीय एमेच्योर अजित विक समग्रमा छैटौँ तथा एमेच्योरमा दोस्रो भए । उनले तेस्रो दिन ३ ओभर ७१ सहित ९ ओभर २ सय १३ स्कोर गरेका थिए । सातौँ स्थानका सञ्जय लामाले १० ओभर २ सय १४ स्कोर जोड्दै ४५ हजार रुपैयाँ पाए । आठौँ भएका भुवन नगरकोटीले ४० हजार, नवौं स्थानका दिनेश प्रजापति (२१९) ले ३६ हजार प्राप्त गर्दा एमेच्योर सुरेश तामाङ (२२१) दशौँ भए । प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहँदा शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन् ।

सुभाषले उपाधि जित्ने क्रममा फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे । पहिलो दिन २ अन्डर ६६ जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्ट नाइनको पहिलो, छैटौँ र सातौँ होलमा बोगी खेपेका उनले नवाँैं होलमा बर्डी लेखाएका थिए । ब्याक नाइनमा १४औँ र १८औँ होलमा बर्डी खेलेका सुभाषले १६औँमा भने बोगी खेपेका थिए ।

फ्रन्ट नाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि जयराम उपाधिबाट टाढा भएका हुन् । दोस्रो, तेस्रो र छैटौँ होलमा बोगी तथा सातौँमा डबल बोगी खेपेका जयरामले पाँचौँ आठौँमा बर्डी लेखाएका थिए । ब्याक नाइनमा उनले १ ओभर ३६ स्कोर जोडे  । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म चलेको थियो । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता थियो । इभेन्टअन्तर्गत शनिबार प्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।

ad
ad
ad
ad