१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ चैत १५ मंगलबार १२:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा ८९ हजार ६८० मतदाता कायम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार १२:५१:oo

ताप्लेजुङमा आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको संख्या ८९ हजार ६ सय ८० कायम भएको छ। ०७४ सालमा ७० हजार सात सय ७८ मतदाता रहेकामा आगामी स्थानीय तह निर्वाचनका लागि १८ हजार नाै सय दुई मतदाता थपिएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आउँदो स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ४७ हजार ६ सय ५५ पुरुष र ४२ हजार २५ महिला मतदाता कायम भएका छन्। कार्यालयका अनुसार ताप्लेजुङका नाै स्थानीय तहमध्ये बढी मतदाता फुङलिङ नगरपालिकामा १७ हजार दुई सय दुई मतदाता रहेका छन्।

उता, सिरिजंगा गाउँपालिकामा ११ हजार ६ सय ५९, पाथीभरा याङ्वरक गाउँपालिकामा नाै हजार नाै सय ४१ जना,आठराइ त्रिवेणी गाउँपालिकामा नाै हजार सात सय ४३ जना र सिदिङ्वा गाउँपालिकामा आठ हजार आठ सय ७८ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। फक्ताङ्लुङ गाउँपालिकामा आठ हजार आठ सय ९० जना, मेरिङ्देन गाउँपालिकामा आठ हजार ६ सय तीनजना, मैवाखोला गाउँपालिकामा सात हजार सात सय ९७ जना र मिक्वाखोला गाउँपालिकामा ६ हजार नाै सय ६७ जना मतदाता रहेका छन्।

१२२ मतदान केन्द्र कायम
०७९ सालको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका ७३ स्थानमा एक सय २२ मतदान केन्द्र कायम भएका छन्। ०७४ सालको स्थानीय निर्वाचनका लागि ७३ स्थानमा एक सय पाँच केन्द्र रहेका थिए। जिल्लामा करिब १९ हजार मतदाता थपिएकाले १७ वटा मतदान केन्द्र थप गर्नुपरेको कार्यालयले जनाएको छ।

फक्ताङ्लुङ र सिदिङ्वा गाउँपालिकामा भने साबिककै क्रमशः १५ र १३ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए। फुङ्लिङ नगरपालिकामा यसअघि १७ मतदान केन्द्र रहेकोमा अहिले तीनवटा थप गरिएको छ।

मिक्वाखोला गाउँपालिकामा यसअघि सात मतदान केन्द्र भएकोमा अहिले १० र मेरिङदेन गाउँपालिकामा यसअघि १० मतदान केन्द्र रहेकोमा अहिले ११ मतदान केन्द्र कायम भएको छ। यसअघि नाै–नाै मतदान केन्द्र रहेका मैवाखोला र पाथीभरा याङ्वरकमा अहिले क्रमशः १२ र १३ मतदान कायम गरिएको खनालले बताए।

ad
ad
ad
ad