१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार o७:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

शरणार्थी क्याम्पमा क्रिकेट सिकेका रसिद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o७:४९:oo

गत साता आइसिसी टी–२० विश्वकपमा पहिलोपटक सेमिफाइनलमा अफगानिस्तान दक्षिण अफ्रिकासँग एकपक्षीय खेलमा पराजित भयो । तर, अफगानिस्तानले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेको थियो । कप्तान रसिद खानको कप्तानमा अफगानिस्तानले अस्ट्रेलिया, न्युजिल्यान्ड तथा बंगलादेशजस्तो बलियो टोलीलाई सहजै पाखा लगायो । अहिले विश्वकपमा अफगानिस्तानको प्रदर्शन र कप्तान रसिदको चर्चा भइरहेको छ । 

विश्व क्रिकेटमा एक उचाइ प्राप्त गरेका रसिदले बाल्यकाल पाकिस्तानको शरणार्थी क्याम्पमा बितेको थियो । सन् २००१ मा अफगानिस्तानमा अमेरिका र तालिबानबीच युद्ध चलिरहेको थियो । रसिदका बुबाआमा ज्यान जोगाउन छिमेकी पाकिस्तानको शरणमा पुगेका थिए । पाकिस्तानको बोर्डरमा रहेको शरणार्थी क्याम्पमा लामो समय रसिदका परिवार बसेको थियो । पाकिस्तानमा छिर्दा रसिदको उमेर तीन वर्ष थियो । 

अफगानिस्तानमा स्थिति सुधार हुँदा उनको परिवार फेरि एकपटक पाकिस्तान छाडेर स्वदेश फर्किएको थियो । तर, काबुलमा सुरक्षा व्यवस्था त्यति राम्रो नभएकाले रसिदका परिवार पुनः एकपटक पाकिस्तान फर्कियो । यसपटक रसिद शरणार्थी क्याम्पमा नभएर पाकिस्तानको पेसाबरमा बाल्यकाल बित्यो । उनले त्यही पेसाबरको गल्लीमा क्रिकेट सिके । क्रिकेटसँगै अंग्रेजी भाषा सिक्ने रहर चलेपछि रसिदले ६ महिना ट्युसन कक्षा लिए ।

२१ वर्षमै कप्तानी
सन् २०१५ मा अफगानिस्तानले जिम्बावेविरुद्ध एकदिवसीय र टी–२० सिरिज खेलेको थियो । यही सिरिजमा रसिदले डेब्युको अवसर पाए । जिम्बावेविरुद्ध डेब्यु गर्दा उनको उमेर १७ वर्ष थियो । सन् २०१८ मा भारतविरुद्धको पहिलो टेस्टमा उनी सहभागी भए । सन् २०१९ मा अफगानिस्तानले उनलाई टेस्ट, एकदिवसीय र टी–२० खेलका कप्तानी जिम्मेवारी दियो । क्रिकेटका तीनवटै फम्र्याटको कप्तानी जिम्मेवारी पाउँदा उनको उमेर २१ वर्ष थियो । रसिदले समग्रमा नौ वर्षको अन्तर्राष्ट्रिय क्रिकेटको यात्रामा दुई सय एक खेल खेलेका छन् । उनले दुई सय ६९ विकेट हात पारेका छन् । अन्तर्राष्ट्रिय टी–२० खेलमा उनको नाममा विश्व कीर्तिमान छ । उनले केवल ५३ खेलमा सय विकेट लिएका थिए ।

ad
ad
ad
ad