१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १९ बुधबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

विदेशी सम्बन्धन लिएका ५९ कलेज मापदण्डविपरीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o७:४२:oo

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेका कलेजहरूले नियमविपरीत काम गरेको पाइएको छ । पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा क्याम्पसहरूले नियमविपरीत शैक्षिक कार्यक्रम चलाएको उल्लेख छ । प्रतिवेदनले विदेशबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम गरिरहेका क्याम्पसहरूलाई कारबाही गर्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । 

अध्ययन प्रतिवेदन मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ । जसमा कानुनी मापदण्डविना शैक्षिक गतिविधि गरेको उल्लेख छ । प्रतिवेदनअनुसार ५९ वटा कलेजले नियमविपरीत शैक्षिक कार्यक्रम चलाइरहेका छन् । यी कलेजलाई नियमसंगत रूपमा सञ्चालन गर्न र तोकिएको सर्त पालना गराउनुपर्ने सुझाव अध्ययन समितिले दिएको छ ।

ती कलेजहरूले झाराटारी रूपमा परीक्षा लिने गरेको, विद्यार्थीसँग चर्को शुल्क लिएको, छात्रवृत्ति नदिएको अध्ययनले औँल्याएको छ । अध्ययन समितिले २५ वैशाखमा प्रतिवेदन बुझाए पनि मन्त्रालयले मंगलबार मात्रै वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको प्रतिवेदनले विश्वको र्‍याङकिङअनुसार पाँच सयभित्र समावेश भएका विदेशी विश्वविद्यालयको कार्यक्रम मात्रै सञ्चालन गर्न दिनुपर्ने आंँल्याएको छ । यसो गर्दा नियम मिच्न नपाउने समितिको बुझाइ छ ।

ad
ad
ad
ad