१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १९ बुधबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o७:४५:oo

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगीसम्बन्धी अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकोमा थापालाई सुन्धारा कारागार पठाइएको छ । 

एक वर्षसम्म फरार रहेका प्रतीकलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । तीन दिन चलेको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो । थापा गृहमन्त्री हुँदा सचिवालयमा बसेर प्रतीकले बिचौलियासँग करोडौँ लिएको प्रहरीको अभियोग छ । 

ad
ad
ad
ad