Skip This
सरकारको समर्थन फिर्तासम्बन्धी औपचारिक पत्र एमालेबाट संसद् सचिवालयमा दर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २१ शुक्रबार १३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सरकारको समर्थन फिर्तासम्बन्धी औपचारिक पत्र एमालेबाट संसद् सचिवालयमा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १३:२६:oo

कांग्रेससँग नयाँ गठबन्धन गरेसँगै सरकारबाट बाहिरिएको एमालेले संघीय संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ।

प्रमुख सचेतक महेश बर्तौलाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएकोसम्बन्धी पत्र संसद् सचिवालयमा दर्ता गराएका हुन्।

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल थालिएको भन्दै असार १९ बाट समर्थन फिर्ता लिइएको पत्र संसद् सचिवालयलाई पठाइएको हो ।

पत्रमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन १९ असार ०८१ मा फिर्ता गरिएको उल्लेख छ। पत्रमा बर्तौलाले सोको जानकारी प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा एमाले संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन्।

कांग्रेससँग नयाँ सत्तागठबन्धनको सहमति गरेसँगै एमालेका सबै आठ मन्त्रीले राजीनामा दिइसकेका छन्। उनीहरूको राजीनामा स्वीकृत भइसकेको छ। गत फागुनमा प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेपछि रघुवीर महासेठको नेतृत्वमा सरकारमा एमालेका आठजना मन्त्री सहभागी थिए।

ad
ad
ad
ad