Skip This
लेबर पार्टीको फराकिलो जित, स्टर्मर नयाँ प्रधानमन्त्री बन्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
तस्बिर : पिए मिडिया
२o८१ असार २१ शुक्रबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

लेबर पार्टीको फराकिलो जित, स्टर्मर नयाँ प्रधानमन्त्री बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १२:४५:oo

किर स्टर्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ।

संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काई न्युजले जनाएको छ। ३२६  सिटको सीमा पुगेको घोषणा गर्नुअघि नै बेलायती प्रधानमन्त्री ऋषि सुनकले आमनिर्वाचनमा हार भएको स्वीकार गरिसकेका थिए।

बिबिसी, आइटिबी र स्काई न्युजले गरेको एक्जिट पोलले केही घण्टाअघि लेबरले ४१० सिटको सानदार जित हासिल गर्ने अनुमान गरेका थिए भने कन्जरभेटिभका लागि सिटको संख्या १३१ मा कायम हुने अनुमान गरिएको थियो। 

लेबर पार्टीले यो आमचुनाव जितेको बताउँदै नेता स्टर्मरलाई जितका लागि बधाई दिएको सुनकले उल्लेख गरेका छन्। बेलायती जनताले गम्भीर फैसला दिएको तथा त्यहाँ सिक्नुपर्ने धेरै कुरा भएको बताउँदै उनले हानिको जिम्मेवारी लिने उल्लेख गरेका छन्। 

प्रधानमन्त्री सुनकले राजा चार्ल्स तृतीयलाई भेटी चाँडै आफ्नो राजीनामा घोषणा गर्ने अपेक्षा गरिएको छ। यसले स्टर्मरलाई बेलायतको नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मार्गप्रशस्त गर्नेछ।

स्टर्मरले लेबर पार्टीको बहुमत पुष्टि भएपछि मध्यलन्डनमा जनतालाई सम्बोधन  गर्दै भने, ‘हामीले जित्यौँ । तपाईंले यसका लागि अभियान चलाउनुभयो, संघर्ष गर्नुभयो र जितको अवस्था आइपुगेकाले परिवर्तनको अनुभूति छिट्टै हुनेछ।’  

उनले थपे, ‘बेलायती जनताले लेबर पार्टी र यसको नेतृत्वलाई विश्वास गरेका छन् र हामी उनीहरूको हितका लागि काम गर्न सक्छौँ।’ नेता स्टर्मरले लेबरको जितमा योगदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तकलगायत मतदाताप्रति आभार प्रकट गरेका छन्। रासस

ad
ad
ad
ad