१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ असार १९ बुधबार o७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कबड्डीमा सुनसरी अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार o७:३४:oo

मोरङमा चलिरहेको प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन सुनसरीले तीन खेलबाट ६ अंक जोडेको छ । ताप्लेजुङ र पाँचथरले समान चार अंक जोडेका छन् । दुवै टोली संयुक्त रूपमा दोस्रो स्थानमा छन् । सोलुखुम्बु तीन अंकका साथ तेस्रो स्थानमा छ । 

झापा र मोरङले दुई खेलमा समान एक जित र हार सामना गरी दुई अंक जोडेका छन् । इलामले एक खेलमा जित निकाली दुई अंक जोडेको छ । उदयपुरले एक खेलमा बराबरी नतिजा हात पारेको छ । धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा अंकविहीन छन् । प्रतियोगितामा प्रदेशका १२ जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन् । 

समूह ‘बी’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन् । भोजपुर र खोटाङले भाग लिएको छैन । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ । 

ad
ad
ad
ad