Skip This
मनहरीमा लडेर घाइते एक पुरुषको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मनहरीमा लडेर घाइते एक पुरुषको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार ११:५१:oo

मकवानपुरको मनहरीमा सडकछेउमा लडिराखेको अवस्थामा फेला परेका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका– ८ मधुवन घर भई हाल चितवन खैरेनी नगरपालिका– ९ सिमलटाँडीमा लेबर काम गर्ने ३२ वर्षीय पुजन राम रहेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार गएराति मनहरी गाउँपालिका– ६ सुनाचुरीमा रहेको पेट्रोलपम्पअगाडि लडेको अवस्थामा उनलाई भेटिएको थियो । उनको भाइ नाता पर्ने २० वर्षीय राजेश रामले फेला पारी प्रहरी चौकी सुनाचुरीमा खबर गरेका थिए । 

घटनास्थल पुगेको प्रहरीले घटनाबारे बुझ्दा पुजन खयरघारीबाट लोथर बजारतर्फ पैदल फर्कने क्रममा लडेर घाइते भएका थिए । उनको दाहिने आँखीभौँमाथि भित्री चोट लागेको प्रहरीले जनाएको छ ।

उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्‍याइएकोमा उपचारको क्रममा गएराति ११ बजेर ५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव पुरानो मेडिकल कलेज भरतपुरमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

ad
ad
ad
ad