Skip This
आपराधिक गिरोहका ६ जना प्रहरी नियन्त्रणमा, अन्यको खोजी हुँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १२:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

आपराधिक गिरोहका ६ जना प्रहरी नियन्त्रणमा, अन्यको खोजी हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १२:२३:oo

महोत्तरी, धनुषालगायतका विभिन्न जिल्लामा आपराधिक घटना घटाउने गिरोहका ६ जनालाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। केही दिनअघि मात्र जिल्लाकै गौशालास्थित मरहा खोला हुँदै घर फर्कँदै गरेका एक युवकलाई गोली हानी सो समूहका दुईजना फरार भएका थिए। प्रहरीले गौशाला गोलीकाण्डकै आरोपीहरूलाई पछ्याउँदै जाँदा हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले समूहका अझै केही व्यक्तिको खोजी जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिए। उनले महोत्तरीका विभिन्न घटनामा संलग्न श्रवणकुमार कापर भने धनुषा प्रहरीको नियन्त्रणमा रहेको बताए।

प्रहरीले गौशाला घटनामा संलग्न रहेको आरोपमा धनुषाको सबैला नगरपालिका– ९ भटिहन बस्ने ४७ वर्षीय शशिशंकर कापर र महोत्तरीको भंगहा नगरपालिका– २ बखरी टोल बस्ने ३० वर्षीय आशिषकुमार कण्ठलाई पक्राउ गरेको छ। यसैगरी, औरही नगरपालिका– ३ स्थित साझा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीबाट रकम लुटेको आरोपमा सोही समूहका सोनमा गाउँपालिका– २ तरहारी घर भई जनकपुर उपमहानगरपालिका– ७ जिरोमाइल बस्ने मुखचन्द्र दास तत्मा र औरही नगरपालिका– १ बस्ने ४० वर्षीय श्रवणकुमार कापरलाई पनि पक्राउ गरेको छ।

एकडारा गाउँपालिका– ४ हलखोरीमा भएको किराना पसल डाँका घटनामा औरही नगरपालिका– २ चेपकट बस्ने २२ वर्षीय राजाबाबु भन्ने राजाराम यादव र सोही नगरपालिका– १ बस्ने सुनीलकुमार यादवलाई समेत पक्राउ गरेको एसपी पोखरेलले बताए। महोत्तरीमा भएको पछिल्लो विभिन्न डाँका तथा लुटपाटको घटनामा यही समूहको हात रहेको खुलेको र सोही समूहबाट दुई वा तीनजनाको समूहमा गएर घटना घटाउने गरेको बुझिएको एसपी पोखरेलले थपे।

प्रहरीले अनुसन्धानकै क्रममा आरोपीहरूबारे सुराकी पाइसकेको अवस्थामा असार २ गते राति लोहारपट्टी नगरपालिका– २ स्थित बिग्ही खोलाको बगरमा चेकजाँच बसाएको थियो। सोही क्रममा आशिषकुमार कण्ठ, सुनीलकुमार यादव र मुखचन्द्र दास तत्मालाई प्रहरीले रोक्यो। उनीहरूको शंकास्पद व्यवहार देखिएपछि प्रहरीले सोधपुछ र चेकजाँच गर्दा कटुवा पेस्तोल एक थान, गोली चार थान, क्लोरोफर्म एक बोतल बरामद गर्‍याे। प्रहरीले उनीहरूसँग नगद एक लाख ७३ हजारसमेत बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले उनीहरूमाथि हातहतियार तथा खरखजाना, चोरी–डाँका (लुटपाट), ज्यान मार्ने उद्योग र संगठित अपराधसहितको मुद्दामा छानबिन भइरहेको बताए।

ad
ad
ad
ad