Skip This
वन क्षेत्रको अतिक्रमण हटाउन सरोकारवाला एकमत 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असार २१ शुक्रबार १२:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

वन क्षेत्रको अतिक्रमण हटाउन सरोकारवाला एकमत 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १२:१९:oo

सुदूरपश्चिम प्रदेशको अतिक्रमित वन क्षेत्र  हटाउन सरोकारवाला एकमत भएका छन्। कञ्चनपुरका राजनीतिक दलसहितका वन संरक्षणकर्मी एकमत भएका हुन्। बिहीबार वन निर्देशनालय धनगढी कैलालीद्वारा कञ्चनपुरमा आयोजित समन्वय गोष्ठीमा सहभागी सरोकारवालाहरूले अतिक्रमित वन क्षेत्रको जमिन खाली गर्नुपर्नेमा जोड दिएका छन् । 

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्टले प्रदेशको राष्ट्रियसहितको अतिक्रमित वन क्षेत्र खाली गराउनका लागि निर्देशनालयले जिल्लाका सरोकारवालासँग छलफल गरेको बताए। वन निर्देशक विष्टले पछिल्ला दिनमा सुदूरमा मानवबस्ती विस्तारदेखि विभिन्न सुकुमवासीका नाममा वन अतिक्रमण भइरहेकाले थप अतिक्रमण हुनबाट जोगाउन वन कार्यालयसहितका निकाय चनाखो हुनुपर्नेमा जोड दिए। 

वन निर्देशक विष्टले राजनीतिक दल, वन संरक्षणकर्मी, सुरक्षाकर्मीसहित सरोकारवालाहरूसँग वन क्षेत्र अतिक्रमणबाट जोगाउने र वन क्षेत्रको विकासका लागि समन्वयात्मक बैठक आयोजना गरेको बताए। ‘यो कार्यक्रम हाम्रो निर्देशनालयकै हो,’ निर्देशक विष्टले भने, ‘यसरी वन क्षेत्रका सरोकारवालासँग संयुक्त छलफल गरेर उहाँहरूको प्रतिबद्धता लिइएको छ, अब सोहीअनुरूप डिभिजन, सबडिभिजन वनहरूलाई आ–आफ्नो क्षेत्रको अतिक्रमण हटाउन निर्देशन दिइनेछ ।’ 

वन निर्देशक विष्टले सुदूरपश्चिम प्रदेशमा ११ लाख ४६ हजार हेक्टर वन क्षेत्रमध्ये २६ हजार दुई  सय ८४ हेक्टर वन क्षेत्र अतिक्रमण भएको बताए । कैलालीमा मात्रै २२ हजार हेक्टर रहेको छ । वन निर्देशक विष्टले अब नयाँ कुनै पनि वन क्षेत्र अतिक्रमण हुन नदिन वनका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूले समेत अतिक्रमण वन क्षेत्र खाली गराउन र थप वन अतिक्रमण हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् । वन संरक्षणकर्मी एवं पूर्वप्रदेश सभा सदस्य महेशदत्त जोशीले अतिक्रमण क्षेत्र खाली गराउन सरोकारवाला पक्षले आ–आफ्नो ठाउँबाट इच्छाशक्ति देखाउनुपर्नेमा जोड दिए ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले प्रदेशको अतिक्रमित वन क्षेत्र संरक्षणको विकल्प नभई संरक्षणका कामकाजमा वनका कर्मचारीहरूले सक्रिय हुनुपर्नेदेखि राजनीतिक दलसहितको साथ–समर्थन आवश्यक रहेको औँल्याए । 

वन, वातावरण तथा सहकारीमन्त्री वीरबहादुर थापा (पातल)ले मानवीय अस्थित्वका लागि समेत वन संरक्षणमा  जोड दिँदै थप अतिक्रमण हुनबाट जोगाउनुपर्ने बताए । मन्त्री थापाले अतिक्रमण भइसकेपछि हटाउन समस्या हुने भएकाले अतिक्रमण हुन नै नदिने उपाय खोज्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भविष्यका सन्तानका लागि समेत वन पर्यावरण संरक्षण गर्नुपर्नेमा जोड दिए । वन अधिकृत भक्तराज जोशीले सहजीकरण गरेको कार्यक्रममा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 
 

ad
ad
ad
ad