१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल फाेटाे ।
श्रवण थापा सर्लाही
२o८१ बैशाख १८ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्लबको भवन बनाउने विषयमा झडप हुँदा सांसद प्रमोद साह घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३o:oo

क्लवको भवन बनाउने विषयमा झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । शनिबार ईश्वरपुर नगरपालिका-६, बयलवास बजारमा क्लबको भवन निर्माण गर्न दिने र नदिने समूहबीच विवाद हुँदा झडप भएको हो । झडपको क्रममा दुवै पक्षका स्थानीयबीच ढुंगा हानाहान भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर १, का संघीय सांसद साह घाइते भएका हुन् ।

घाइते सांसद साहको बयलवासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गहिरो चोट लागेकाले थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको अस्पताल स्राेतले जानकारी दियो । 

बयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गा र भवन निर्माणको विषयमा केही दिनयता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो । पाँच दशक पहिले स्थापना भएको उक्त क्लबको भवन सडक विस्तारका क्रममा केही भाग भत्किएको मौकामा भवन बनाउन नदिने प्रपञ्च बनेको स्थानीय युवाहरूको आरोप छ ।

विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह बिहान घटनास्थल पुगेलगत्तै झडप भएको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ। सडक छुट्याएर बाँकी जग्गामा एक पक्षले क्लबको भवन बनाउन खोजेका थिए भने क्लब घरसँगैका छिमेकीलगायत अर्का पक्षले यही अवसरमा क्लबको भवन निर्माणमा अवरोध गर्दै आएका थिए । यसै विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । 

ad
ad