मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १२ शनिबार
  • Thursday, 19 December, 2024
२o७८ चैत १२ शनिबार o८:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटन आर्थिक विकासको आधार हो : मुख्यमन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार o८:४६:oo

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको पर्वद्धन आवश्यक रहेको बताएका छन् ।  धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रबारदेखि धरानमा सुरु तीन दिने इस्ट टुरिजम मार्टको उद्घाटन गर्दै  उनले प्रदेश नम्बर १ मा पर्यटनको प्रचुर सम्भावना रहेकोले  यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर)  पर्यटन पर्वद्धनमा सहयोग पुग्ने बताए । मुख्यमन्त्री राइले प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका विभिन्न दातृसंस्थाहरुसँगको सहकार्यमा  काम गरिरहेको समेत जानकारी दिए । 

 प्रदेश नम्बर १ का  पर्यटन तथा संस्कृती मन्त्री खिनु लङङ्गवा लिम्बुले पूर्वको पर्यटनलाई सरकार निजी क्षेत्र तथा अन्य सरोकारवाला मिलेर पर्वद्धन गर्न आवश्यक रहेको बताए । यस्तै धरान नगरपालिकाका प्रमुख तिलक राईले धरानलाई पूर्वको पर्यटनको गेटवेका रुपमा विकास गर्न सकिने बताए ।

धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले धरान उपमहानगरको सहयोगमा सन् २०१८ देखि नै मार्ट आयोजना हुदैँ आइरहेको उल्लेख गर्दै  ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको जानकारी दिइन् । 

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले सिमित स्रोत र साधनका बीच पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम आयोजना गरेको बताउँदै  बोर्डले सातै प्रदेशमा यस्ता मार्टहरुको आयोजना गर्न गईरहेको जानकारी दिए ।