मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १२ शनिबार
  • Wednesday, 18 December, 2024
२o७८ चैत १२ शनिबार o८:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राजर्षि जनक कप :  सुदूरपश्चिमलाई पराजित गर्दै मच्छिन्द्र फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार o८:३o:oo

‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब सर्लाहीमा सञ्चालन भइरहेको छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मच्छिन्द्रले सुदूरपश्चिम–११, धनगढीलाई ३–१ ले पराजित गर्दै अन्तिम दुईको स्थान पक्का गरेको हो । मच्छिन्द्रले उपाधिका लागि १३ चैतमा साबिक विजेता पिप्ले युवा क्लब हेटौँडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

सुदूरपश्चिम र मच्छिन्द्रबीच पहिलो हाफ गोलरहित बराबरी भएको थियो । मध्यान्तरपछिको खेलमा सुदूरपश्चिमले उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा मच्छिन्द्र हाबी भयो । दोस्रो हाफको दोस्रो मिनेटमै विशाल राईले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । विमल घर्तीमगरको पासमा विशालले डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेका हुन् । सुदूरपश्चिमले बराबरी फर्काउने प्रयास जारी राखेको थियो । 

खेलको ६३औँ मिनेटमा सुदूरपश्चिमका दिपेङ्क राजसिंह ठकुरीले पोस्टभन्दा २० यार्ड टाढाबाट  प्रहार गरेको बल सीधै गोलमा परिणत भयो । मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले ठकुरीको प्रहारलाई छेक्न अवसर नै  नपाउँदा सुदूरपश्चिमले खेल १–१ को बराबरीमा पुर्‍याएको हो । खेलको ७८औँ मिनेटमा विमलले मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । सुजल श्रेष्ठको क्रस पासमा विमलले डिबक्सभित्रबाट हेडिङ गोल गरेका हुन् । लय गुमाएको सुदूरपश्चिमले ८३औँ मिनेटमा तेस्रो गोल व्यहो¥यो । 

मच्छिन्द्रका लागि तेस्रो गोल विदेशी खेलाडी नुरलन नोरोजोभले गरेका थिए । मच्छिन्द्र सुदूरपश्चिमलाई सुरुदेखि दबाबमा राख्ने प्रयासमा देखिन्थ्यो । सुदूरपश्चिमले पाएको अवसरमा गोल गर्न चुकेको थियो । खेलको छैटाैँ मिनेटमा सुदूरपश्चिमका विदेशी खेलाडी विक्रम सिंहले मैदानको ४० यार्ड टाडाबाट एकल प्रयासमा मच्छिन्द्रका गोलरक्षक विशालविरुद्ध वान भर्सेज वानको अवस्थामा पनि गोल गर्न सकेनन् । विक्रमले प्रहार गरेको बल दोस्रो बारमा लागेको थियो ।