१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ९ बुधबार o६:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम बढेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार o६:५o:oo

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से सूचक १६ दशमलव शून्य ४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलव ७० बिन्दुमा पुगेको छ । बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन । पछिल्लो चार कारोबार अवधिभर सेयर कारोबार दुई अर्बमाथिबाट उकालो लाग्न सकेको छैन । आधारभूत पक्षमा सुधार नदेखिइसकेकाले पनि लगानीकर्ताले ठोस निर्णय लिन सकेका छैनन् । 

मंगलबार एक सय सातवटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको मूल्य घटेको छ । कारोबारमा आएका १३ वटा समूह सूचकमध्ये तीनवटा समूह सूचकहरू सामान्य घटेका छन् । जलविद्युत् समूह, ट्रेन्डिङ समूह र फाइनान्स समूह सूचक घटेका हुन् । जीवन बिमा समूह, ‘अन्य’ समूह, म्युचुअल फन्ड समूह सूचक १ प्रतिशत माथिले बढेको छ । अन्य बाँकी समूह सूचकहरू सामान्य बढेका छन् । 

इमर्जिङ नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशतदेखि ६ प्रतिशतले मूल्य बढेको छ । त्यस्तै, सबैभन्दा धेरै घट्नेमा सानिमा बैंकको ऋणपत्र, कालिका पावर कम्पनी, ङादी ग्रुप पावर, मैलुङ खोला जलविद्युत् परियोजना, शिवश्री हाइड्रोपावर कम्पनी छन् । यिनको सेयर मूल्य २ प्रतिशत माथिले घटेको छ ।

मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३५ कम्पनीको ५३ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । प्रभु इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, शिवम् सिमेन्ट, ज्योति विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै कारोबार भएको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव शून्य ३ प्रतिशतले बढेर चार सय ९९ दशमलव ३३ पुगेको छ ।

 ग्रिन भेन्चर्सको आइपिओ मंगलबारबाट खुला
ग्रिन भेन्चर्सको आइपिओ मंगलबार (चैत ८) बाट निष्कासन खुला भएको छ । कम्पनीले ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल सेयरमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार सात सय ५० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार दुई सय ५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिसेयरको अंकित मूल्य सय रुपैयाँ तोकेको छ । छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते आवेदन निष्कासन बन्द हुनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

ad
ad
ad
ad