१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Saturday, 21 September, 2024
२o७८ चैत ८ मंगलबार १८:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनका कारण भक्तपुरमा वीर अस्पताल बनाउन ढिला भयो : स्वास्थ्यमन्त्री खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार १८:३७:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । मंगलबार चाँगुनारायण नगरपालिका–१ स्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरे पनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन् । 

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका वेलामा यो विषयलाई एजेन्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमत गराउने प्रयास गर्ने उनले बताए । उनले भने, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ । सत्य कुरो के हो भन्दा चीनले दिन्छ भन्ने आँट र आशामा हामीले यसलाई अगाडि बढायौँ । विभिन्न कारणले डिस्टर्ब भयो । कोरोना आएर डिस्टर्ब भयो । अब यसलाई हामी अगाडि बढाउँछौँ ।’

उनले चीन सरकारको सहयोगमा निर्माण हुन नसके दाताहरू पनि खोज्दै नेपालले आफ्नै लगानीमा निर्माण गर्ने बताए ।