मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Wednesday, 18 December, 2024
फाइल फाेटाे ।
२o७८ चैत ७ सोमबार १३:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकता : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार १३:१७:oo

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन्। सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताए।

‘आगामी आवको बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गरी छलफल अगाडि बढाएका छौँ,’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ।’ कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आवदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए।

प्रमुख सहरसँग ग्रामीण क्षेत्रको दूरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटमा ध्यान दिइने मन्त्री शर्माले बताए। ‘ग्रामीण अर्थतन्त्र सुधारमा हामी विशेष ध्यान दिँदैछाैँ। ग्रामीण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिनेछ।’

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुनचाँदी, खानेतेल, प्लास्टिक, डन्डी तथा डन्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाडा दरलगायतको मूल्य शृंखलामा वृद्धि हुँदा नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको स्पष्ट पारे। यद्यपि, मूल्यवृद्धि वार्षिक लक्ष्यको वाञ्छित सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको उनले दाबी गरे।

अर्थमन्त्री शर्माले शोधनान्तर घाटालाई बिस्तारै सुधार गर्दैै लगिएको र तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र बिस्तारै लयमा आउने विश्वास व्यक्त गरे। पछिल्लो समय अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरिएको बताए।