१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत ३ बिहीबार १३:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाली कथानक चलचित्र ‘शमशेर’ निर्माण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार १३:५१:oo

नेपाली कथानक चलचित्र शमशेर निर्माण हुने भएको छ। एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनीष राउत ‘शमशेर’को भूमिकामा देखिँदै छन्।

एक्सन जनरामा बन्न लागेको चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। उक्त पोस्टरमा अभिनेता राउत  एक्सन शैलीमा देखिएका छन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ। चलचित्रमा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुलीलगायतका कलाकारको समेत अभिनय रहनेछ।

नायिका फाइनल हुन बाँकी छ भने चलचित्रको छायांकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुनेछ। गौरीशंकर र विकाश सिटौलाले चलचित्र छायांकन गर्नेछन् । चलचित्र निर्माणमा सिबर्डस् इन्टरटेनमेन्टले समेत सहकार्य गर्ने बताइएको छ।