१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १ मंगलबार १७:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वसन्तपुर क्षेत्रमा कंक्रिटको संरचना निर्माण रोक्न माग गर्दै सांकेतिक विरोध प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार १७:५३:oo

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर क्षेत्रमा कंक्रिटको संरचना निर्माण कार्य रोक्न माग गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको छ। कांग्रेस महानगर सभापति नीलकाजी शाक्यको नेतृत्वमा वसन्तपुर क्षेत्रमा कांग्रेसले सांकेतिक विरोध प्रदर्शनसमेत गरेको छ।

राष्ट्रिय झन्डा राख्न कंक्रिटको जग निर्माण कार्यको सांकेतिक विरोधपछि महानगर समितिका उपसभापति एवं कला संस्कृति सम्पदा संरक्षण विभागका संयोजक सन्तकुमार महर्जनको नेतृत्वमा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुखलाई निर्माणकार्य रोक्न पत्र बुझाइएको हो। 

कांग्रेस काठमाडौं महानगर समितिका सचिव ‌ई. सुसन वैद्यले काठमाडौं महानगरका मेयरले सम्पदामाथि धावा बोलेको यो पहिलोपटक नभएको बताए। ‘रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरबाट सुरु भएको मेयरको कंक्रिट मोहले रानीपोखरीलाई पूर्ण रूपमा कंक्रिटको प्रयोग गरी स्विमिङ पुलमा परिणत गर्ने, पुरातात्विक महत्व बोकेको बाघ दरबार भत्काएर कंक्रिटको आधुनिक भवन बनाउनेदेखि कमलपोखरी र आज विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर क्षेत्रमा कंक्रिटको प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को खुला उल्लंघन गरेको छ,’ सचिव वैद्यले भने। 

सम्पदा संरक्षणका लागि अहोरात्र लागि परेका अभियन्ताहरूको कारणले मात्र काठमाडौंका सम्पदा संरक्षण भएको उनले बताए। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार स्क्वायर क्षेत्रमा पर्यटकहरू झन्डा हेर्न नभएर नेपालको अभूतपूर्व साैन्दर्यले भरिपूर्ण मूर्त/अमूर्त कलाकृतिहरू हेर्न आउने भन्दै वैद्यले दरबार स्क्वायर क्षेत्रमा राष्ट्रिय झन्डा राखेर नक्कली राष्ट्रवादको आडम्बर गर्नुभन्दा सक्कली सम्पदाको संरक्षण गर्न सुझाब दिए।