Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १ मंगलबार १४:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिविलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गरिने : शिक्षामन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १ मंगलबार १४:१०:००

सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ। उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका छन्।

मंगलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन्। उनले उच्च शिक्षा सुधारका लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने उल्लेख गर्दै सरकारले सात सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने गरी काम गरिरहेको बताए

‘सरकारले उच्च शिक्षालाई आमूल रूपमा सुधार गर्ने संकल्प गरेको छ। उच्च शिक्षाको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया, त्रिभुव विश्वविद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर  सेन्टर अफ एक्सिलेन्सीको रपमा अगाडि बढाउने गरी शिक्षा मन्त्रालय छलफलमा लागेको छ। त्यसका लागि त्रिभुवन विश्वविद्यालयलाई निकै मिहिनेत गरेर अगाडि बढ्न आग्रह छ। विश्वविद्यालयमा रहेका समस्या वार्ता, सहमति र सहकार्यमार्फत समाधान गर्ने प्राध्यापक तथा विद्यार्थीको जिम्मामा छ। सबै प्राध्यापक तथा विद्यार्थी संगठनहरूले विश्वविद्यालय सुधार गर्न सहयोग गर्नुहोला,’ उनले भने, ‘नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न उच्च शिक्षा, माध्यमिक शिक्षा र प्राविधिक शिक्षा सुधार गर्नुपर्नेछ।  सरकारले देशमा सात सय ५३ वटा स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याएर दक्ष प्राविधिक जनशक्ति तयार गर्ने  र उत्पादित जनशक्तिलाई रोजगारमा जोड्ने र शिक्षालाई सीपसँग र सीपलाई रोजगारसँग जोड्ने गरी हामीले प्रक्रिया अगाडि बढाएका छौँ।’