१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १ मंगलबार १२:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विवेकशील साझाका प्रदेश सांसदसहित २६ जना केन्द्रीय समितिबाट निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १ मंगलबार १२:१४:००

विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गरेकाे छ। फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनीहरूलाई कार्यसम्पादन समिति र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले हटाएका केन्द्रीय सदस्यहरूमा बागमती प्रदेश सांसद रमेश पौड्याल, प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, पुकार बमलगायतका नेता छन्। उनीहरू मिलन पाण्डेनिकट नेताहरू हुन्। तत्कालीन संयोजक रहेका मिलन पाण्डेलाई पनि मिश्रले पार्टी नीतिविपरीतका गतिविधि गरेको भन्दै निष्कासन गरिसकेका छन्। 

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकका अनुसार उनीहरूले पार्टीमा आफ्नो दायित्व पूरा नगरेका कारण जिम्मेवारीबाट हटाइएको हो। पार्टीको बैठकमा सहभागी नहुने, लेबी नबुझाउने, समानान्तर गतिविधि गर्ने गरेको आरोप उनीहरूलाई लगाइएको छ। २६ जनालाई पार्टीबाट हटाएको नभएर जिम्मेवारी मात्र हेरफेर गरिएको पाठकले बताए।

मिश्रले संघीयता, धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने विचार अघि सारेछि विवेकशील साझामा विवाद सुरु भएको थियो। पाण्डे पक्षले मिश्रको विचारलाई पश्चगमनकारी भन्दै आएको थियो। पाण्डे पक्षले अदालतमा मुद्दासमेत दायर गरेको छ। मिश्रले किर्ते गरेर आफ्नो पक्षमा बहुमत पुर्‍याएको भन्दै उनीहरूले मुद्दा दायर गरेका हुन्। 

को–को निष्कासनमा परे ?
अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वरप्रसाद पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की),  धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनीष खनाल, मुना अधिकारी, रमेश पौड्याल, रविना अंगाई, राज्यलक्ष्मी श्रेष्ठ,  रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बञ्जरा, सरोजप्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट, हरिशप्रसाद भट्ट