मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Monday, 06 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २१ आइतबार o७:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निष्ठावान् कर्मचारी मात्र अध्यागमनमा पठाउन सिफारिस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार o७:५१:oo

अध्यागमन कार्यालयमा राम्रो ट्रयाक रेकर्ड भएका र निष्ठावान् कर्मचारीलाई मात्र पठाउन सिफारिस भएको छ । गृह मन्त्रालयले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाउँदै निश्चित मापदण्ड बनाएर मात्र अध्यागमनमा कर्मचारी पठाउन सुझाव दिएको हो । 

छवि रिजाल, सहसचिव, गृह मन्त्रालय
विमानस्थलमा कर्मचारीले गर्ने व्यवहारका आधारमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रतिबिम्बित हुन्छ । त्यसकारण अध्यागमनको सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रविधिदेखि कर्मचारी व्यवस्थापनमा समेत सुधार गर्न प्रतिवेदन दिएका छौँ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको अध्यागन सुधारसम्बन्धी अध्ययन समितिले गत १४ पुसमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन कार्यान्वयनका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । सहसचिव रिजालका अनुसार प्रतिवेदनमा कर्मचारी व्यवस्थापनदेखि प्रविधिमा सुधारसम्मका विषय समावेश गरिएका छन् । ‘विमानस्थलमा कर्मचारीले गर्ने व्यवहारका आधारमा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि प्रतिबिम्बित हुन्छ,’ उनले भने, ‘त्यसकारण अध्यागमनको सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक विषयमा सुझाव दिएका छौँ ।’ 

प्रतिवेदनमा मुख्य विषय कर्मचारीको व्यवस्थापन छ । हाल शक्तिकेन्द्रको सिफारिसमा सधैँ आकर्षक कार्यालय बस्दै आएका कर्मचारीहरूको अध्यागमनमा हालीमुहाली छ । विगतमा अध्यागमनका कर्मचारी भिजिट भिसाको सेटिङका कारण अनेक मुद्दामा समेत परेका छन् । अध्ययन समितिले राम्रो ट्रयाक रेकर्ड भएका, नैतिकतावान्÷निष्ठावान् तथा दोहोरो अंग्रेजी बोल्न सक्ने कर्मचारीलाई मात्र अध्यागमनमा पठाउन सिफारिस भएको छ । त्यसका लागि मन्त्रालयले मापदण्ड बनाउने तयारीसमेत गरेको छ । यस्तो मापदण्ड कार्यान्वयन हुन सकेमा अध्यागमनमा हुने भिजिट भिसाको सेटिङमा कमी आउने मन्त्रालयका एक अधिकारी बताउँछन् । तर, अध्यागमनमा कर्मचारी पठाउँदा अत्यधिक चलखेल हुने भएकाले यस्तो मापदण्ड कार्यान्वयन हुनेमा मन्त्रालयकै कर्मचारीहरू आशंका व्यक्त गर्दछन् । 

अध्ययन समितिले प्रविधिको सुधारमा विशेष जोड दिएको छ । इन्टरनेट डाउन हुँदा हाल सेवा नै प्रभावित हुने अवस्था रहेको भन्दै यस्तोमा वैकल्पिक व्यवस्था गर्न सुझाव दिइएको छ । ‘हामीले सूचना प्रविधिको विषयमा बढी जोड दिएर कसरी आधुनिकीकरण गर्न सकिन्छ भनेर प्रतिवेदन दिएका छौँ,’ सहसचिव रिजालले भने । 

संस्थागत संरचनामा सुधार तथा कानुन संशोधन, गुनासोरहित सेवा तथा पेमेन्ट प्रणालीमा सुधारका विषय प्रतिवेदनमा समावेश गरिएका छन् । अध्यागमन भिजिट भिसाका कारण सधैँ विवादमा पर्ने गर्दछ । यसलाई गुनासोरहित बनाउन अझै प्रस्ट मापदण्ड बनाएर कार्यान्यवन गर्नुपर्नेमा जोड दिइएको छ । गृह मन्त्रालयकै उपसचिवद्वय रामदत्त पाण्डेय र खडानन्द अधिकारी, अध्यागमन विभागका निर्देशक टीकाराज ढकाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत सत्यराज जोशी अध्ययन कार्यदलको सदस्य थिए ।