१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मुख्य समाचार डिजिटल संस्करण

देउवालाई रावलको जवाफ– प्रधानमन्त्रीले झुटाे बोल्नुभयो, उहाँकै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ३० सोमबार १६:२८:००

एमाले नेता भीम रावलले आफू मन्त्री रहेको वेला एमसिसी मन्त्रिपरिषदबाट पारित नभएको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटमा रावल मन्त्री भएकै क्याबिनेटबाट एमसिसी पास गरेर अहिले विरोध गरेको टिप्पणी गरेका थिए। 

त्यसको जवाफमा रावलले भनेका छन्, ‘म केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री भएको वेला उपप्रधान र रक्षामन्त्री थिएँ, प्रम ओलीले एमसिसीसँगको सम्झौता संसदमा ल्याएको वेला होइन्। अत: मेरो मन्त्रिपरिषदमा सहमति रहेको भन्ने कुरै रहेन।’

रावलले यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराख्नु झुटा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्न कुत्सित चाल हुनुपर्ने बताएका छन्।

राष्ट्रहित र अस्मिताप्रति चिन्तित भएर एमसिसीमा आफ्नो टाउको दुखेको जवाफसमेत रावलले दिएका छन्। प्रधानमन्त्रीले तुच्छ शब्द बोलेको भन्दै उनले पदीय मर्यादा कायम गर्न आग्रह गरेका छन्।