मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे ।
२०७८ फाल्गुण ३० सोमबार १५:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीमा रावलको विरोधप्रति देउवा भन्छन्– मन्त्री हुँदा दिमाग खुस्केको थियो ?

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ३० सोमबार १५:३०:००

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले सांसद भीम रावलले आफू मन्त्री रहेकै क्याबिनेटबाट एमसिसी पास गरेर अहिले विरोध गरेको टिप्पणी गरेका छन्। सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा देउवाले यस्तो बताएका हुन्।

केपी ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट पास गरेर एमसिसी संसदमा पेस गर्दा रावल रक्षामन्त्री रहेको भन्दै देउवाले अहिले विरोधमा बोल्न नमिल्ने बताए। ‘एमसिसी संसदबाट पास गर्नुपर्छ भनेर एमालेका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले संसदमाा पेस गर्नुभएको हो,’ देउवाले भने, ‘भीम रावलजी सबैभन्दा बढी एमसिसीको खिलाफमा बोल्नुहुन्छ। त्यसवेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो। आफैैँ पास गर्ने, आफू मन्त्री हुने। त्यसवेला किन राजीनामा गर्नुभएन ?’

आफू मन्त्री भएको क्याबिनेटबाट पास हुँदा मौन बसेर अहिले विरोध गरेकोमा रावलप्रति आक्रोशित हुँदै उनले भने, ‘आफू रक्षामन्त्री हुँदा पास गर्ने, क्याबिनेटबाट पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गरौँ भन्दा किन टाउको दुख्ने ? त्यो समय उहाँको दिमाग खुस्केको थियो ?’